...

कानूनको विद्यार्थीको आँखामा “तर्कसङ्ग्रह”

By रबिन भुर्तेल on Thu Sep 21 2023

 

विषय प्रवेश

प्रायः पूर्वीय दर्शन वा सभ्यताको प्रसङ्ग उठ्दा अरु कुरा नपर्घेलीकनै पश्चिमाहरुसँग तुलना गर्ने चलन आमरूपमा व्याप्त रहेको छ।लेखक, प्रारम्भमै जानकारी गराउँदछ कि यो लेख न कुनै  गौरवगाथा हो यसले पूर्वीय/पाश्चात्यको डिस्कोर्सलाई योगदान पुर्याउँछ। प्रायः कानूनी वृत्तमा चर्चामा नआएको तर्कसङ्ग्रह[1]को विषयमा यस लेखले थोरबहुत चर्चा गर्नेछ।यी दुईबीच केही समजोड भेटिन्छ कि भनेर खोतल्नेछ। पूर्वीय दर्शन, विशेष गरी न्याय वैशेषिक दर्शनको चञ्चु प्रवेश गराउने तर्कसङ्ग्रहमा थुप्रै विषयहरु छन्; परा-अपरा, दुवै। भौतिकशास्त्र अन्तर्गतको गुरुत्वाकर्षणको लक्षणदेखि अध्यात्म अन्तर्गतको मन, आत्मा आदिको लक्षण।तर लेखकले यस पुस्तकको कानूनी  पाटोको मात्र विवेचन गर्नेछ।

तर्कसङग्रह बारे

कर्णाटका प्रदेश निवासी, अद्वैत विद्याका आचार्य तिरुमलका सन्तान अन्नमभट्टले रचना गरेको तर्कसङ्ग्रह पूर्वीय दर्शन, विशेषगरिगौतम महर्षिको न्याय दर्शनअध्ययन गर्न चाहनेको लागि सरल सरस ढङ्गमा लेखिएको पुस्तक हो।अन्नमभट्ट स्वयंले यो कुरा जनाएका छन्[2] जगतलाई सात पदार्थमा विभक्त गरेर सुक्ष्म ढङ्गले विवेचन गरिएको यस सङ्ग्रहमा प्रमाणको तर्कको विषय पनि समाविष्ट छ। तर्क, तर्क गर्ने तरिका, प्रमाणका भेद आदि इत्यादि विषयहरुको सन्दर्भमा कानूनले पनि प्रत्यक्ष सरोकार राख्दछ। अतः यिनै कुराहरुमा आधारित भएर निम्नानुसार चर्चा गरिन्छ।

प्रमाण

तर्कसङ्ग्रहले प्रमाणका चार प्रकार बताएको छः

) प्रत्यक्ष

) अनुमान

उपमान

शाब्द

यी प्रमाण मध्ये प्रत्यक्ष सबैले सुनेजानेकै कुरा हो। इन्द्रियहरुको सन्निकटताले उत्पन्न ज्ञानलाई प्रत्यक्ष ज्ञानको संज्ञा दिएर सोही प्रत्यक्ष ज्ञान दिने प्रमाणलाई प्रत्यक्ष प्रमाण भनिएको हो। जस्तो कि, जबरजस्ति करणीको मुद्दामा पीडितको बयानले ठूलो महत्व राख्छ। त्यसको मूल कारण भनेको पीडितका आफ्नै इन्द्रियहरुले प्रत्यक्ष रुपमा घटना अनुभव गरेका हुन्छन्। त्यसैगरी अनुमानलाई पनि प्रमाणको अर्को भेदको रुपमा लिइएको छ। तर योअनुमितिअर्थात पहिला पनि सम्बन्ध रहेको कुराको ज्ञान दिने खालको हुनुपर्छ।उदाहरणार्थ, पहाडमा धुँवा निस्क्यो भने हामी यो अनुमान लगाउछौँ कि त्यहाँ आगो बलेछ।र सत्य पनि त्यही हुन्छ। किनभने आगो धुँवाको व्याप्ति सम्बन्ध[3] रहन्छ[4] यहाँ पहिले पनि धूँवा आगोको सम्बन्ध अरु माध्यमबाट पुष्टि भइसकेको थियो त्यसैले अनुमान प्रमाणले काम गर्यो

यो कुरा नेपालको प्रमाण ऐन २०३१को दफा ले अदालतले अनुमानमा लिन सक्ने कुराको सूची दिएको कुरा सँग जोड्न सकिन्छ

अर्को उपमान प्रमाण रोचक रहेको छ।हामीले दैनिक जीवनमा यो प्रमाणको अभ्यास गर्ने गर्छौँ।जस्तो हामी केही कुरा खोज्न जाँदा कसैलेफलानो फलानो जस्तो भनेर कुनै अर्को कुरासँग दाँजेर उपमा दिन्छन्।सोही कुराको आधारमा हामी देखेको कुरा त्यही हो भनेर ठम्याउँछौँ। यस किसिमको प्रमाणलाई कानुनी वृतमा खासै चर्चा गरिएको देखिँदैन।त्यसैले अदालती प्रक्रियामा यसको प्रयोग भेटिँदैन। अन्तिम प्रमाणको प्रकारको रुपमा रहेको शाब्द प्रमाणले आप्त व्यक्ति[5]ले बोल्ने शब्दलाई जनाउँछ।अदालती प्रक्रियामा पनि विद्वानको भनाईले विशेष ग्राह्यता राख्छ।प्रमाण ऐनले दफा २३ मा व्यवस्था गरेको विशेषज्ञको रायलाई यससँग तुलना गर्न सकिन्छ। यसरी हेर्ने हो भने फरक प्रसँग दिएर तर्कसङ्ग्रले भनेको चार प्रकार मध्ये प्रमुख रुपमा तीन प्रमाण कानूनलेपनि अभ्यास गरेको देखिन्छ।

उल्लेखनीय कुरा

अध्ययनकै क्रममा लेखकलाई अनुमानका दुईप्रकार मध्येपरार्थ अनुमानकोव्याख्याको क्रममा वर्णन गरिएको पञ्चावयवाको प्रसङ्ग  उल्लेखनीय लाग्यो[6] यसले आफ्नो कुरा अरुसमक्ष प्रस्तुत गर्दा कसरी प्रमाणिक गराउन सकिन्छ भन्ने कुरा दर्साउँछ। ती पाँचवटा तरिकामा विभक्त रहेका छन्।

) प्रतिज्ञा

) हेतु

) उदाहरण

) उपनय

) निगमनम्

आफ्नो कुरा प्रामाणिक बनाउन, पहिल  प्रतिज्ञा अर्थात् आफ्नो भनाई, वा दावी राख्ने। हेतु अर्थात त्यो भनाई भन्नुको कारण भन्ने। त्यसपछि त्यस कुराको पुष्टि हुने गरी उदाहरण दिने।चौथोमा, आफूले दिएको उदाहरण सुरुको भनाईको तादम्यता देखाउने अनि अन्तिममा निगमनम् अर्थात्, समग्रमा निष्कर्ष दिने। यो धेरै प्रभावकारी विधि रहेको कुरा अन्नमभट्टको निम्नानुसारको उदाहरणबाट बुझ्न सकिन्छ।

*पहाडमा आगो लागेको - प्रतिज्ञा

* आगो लाग्नुको कारण धुँवा हो- हेतु

* किनभने जहाँ जहाँ धुँवा हुन्छ, त्यहाँ त्यहाँ आगो हुन्छ, जस्तो भान्सा घरको आगो- उदाहरण

* भन्सामा खाना पकाउँदा जसरी बालेको आगोको कारणले धुँवा आएको हो, त्यसरी पहाडको धुँवापनि आगोको कारणले हो - उपनय

* यसरी धुँवा आगोको सम्बन्धको कारणले पहाडमा आगो लागेको हो- निगमनम्

यो विधि वकिलले बहस गर्दा होस् वा न्यायाधीशले फैसला लेख्दा, विद्यार्थीले परीक्षा दिँदा होस् वा प्रोफेसरले पढाउँदा हरेक कुरामा उपयोगी छ। यद्यपि यसका पनि सीमितता छन्, त्यो प्रयोगकर्ताको विवेकमा भर पर्ने कुरा भए।

विवेचना

जीवनमा हरेक कुराबाट सिक्न सकिन्छ।फेरि, कानून त्यस्तो विषय हो जसले तर्क, प्रमाण प्रस्तुतिसँग सरोकार राखिरहनुपर्छ।तर्कसङ्ग्रहका माथि उल्लिखित दुई विषयहरु कानूनसँग जोडिन्छन्।प्रमाण ऐनमा पढिने प्रत्यक्ष प्रमाण आदि इत्यादि कुरा तर्कसङ्ग्रहले पनि समर्थित गरेको पाइयो।खोज्दै जानेहो भने अनेकानेक विषयहरु पत्ता लगाउन सकिन्छ।व्यवहारिक दुनियामा पनि तर्कसङ्ग्रहले दिने ज्ञान उपयोगी मान्न सकिन्छ।कानून तर्कसङ्ग्रह फरक विधा भए तापनि प्रमाण तर्कको विषयमा भने एक अर्कासँग जोडिएको पाइन्छ।

उपसंहार

पुराना शास्त्र वर्तमान विद्या धेरै हदसम्म जोडिन्छन्। त्यो काम गर्ने कर्ताको मात्र आवश्यकता छ। यो लेख त्यसैको एक सानो एउटा प्रयास हो।अन्नमभट्टले तर्कसङ्ग्रहमा गरेको प्रमाणको भेद त्यसको विवेचन नेपालको प्रमाण ऐन, २०३१ का विभिन्न दफा वर्तमान प्रमाण कानूनका सिद्धान्तहरुमा पाउन सकिन्छ। प्रमाण तर्कका विषयमा बाहेक तर्कसङ्ग्रहका अन्य कुराहरु, जस्तैः पक्ष, हेत्वाभास, विरुद्ध आदि पनि कानूनसंगै जोडिएका छन्, कानूनसंगै सम्बन्धित रहेका छन्। समग्रमा, यति चाहिँ निष्कर्ष निकाल्न सकिन्छ कि यस पुस्तकको अध्ययनले अवश्य नै एक व्यवहारिक कानुनी पेशाकर्मी बनाउन मद्दत गर्नेछ।

(लेखक नेपाल ल क्याम्पसमा बि.ए.एल.एल.बि. अध्यनरत छन् ।)

All posts in Paluwa Blog are solely the opinion of their authors and do not, in any way, represent the viewpoint of Paluwa Pleaders

 

 

 

 

[1] V.N Jha, Tarkasangraha of Annambhatta, Chinmay International Foundation Sodha Sansthan, https://archive.org/details/TarkasangrahaOfAnnambhattaVNJha/page/n3/mode/2up, (Accessed on March 1, 2023)

[2] निधाय हृदि विश्वेशं विधाय गुरुवन्दनम्।

  बालानां सुखबोधाय क्रियते तर्कसंग्रहः।।१।।  (मङ्गलाचरण)

[3] एक अर्का सँग जोडिएको सम्बन्छ। एउटाको अभावमा अर्को रहन नसक्ने किसिमको सम्बन्ध

[4] यथा वह्निव्याप्यधूमवानयं पर्वतइति ज्ञानंपरामर्शः। तज्जन्यं पर्वतो वहन्निमानिति ज्ञानमनुमितिः।।४०।।

[5] सदैव सत्य बोल्ने, विद्वान

[6] प्रतिज्ञाहेतुदाहरणोपनय- निगमनानि पञ्चावयवाः।।४२।।